क्रेजी साप्ताहिक । मुख्य नायकको रुपमा चलेनन् सलोन बस्नेत । उनले लीड क्यारेक्टरको रुपमा काम गरेका चलचित्र बक्स अफिसमा खासै सफल छैनन् । तर, भने सलोन चलचित्रमा चटनीको रुपमा प्रस्तुत हुन्छन् । सलोनले अभिनय गरेका मुख्य चलचित्रमा नायक नै छायामा पर्ने अवस्था आउँछ ।
सो निदैशक झरना थापाले सलोनलाई फागुण १३ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘ए मेरो हजुर ४’मा पनि अनुवन्धित गरेकी छिन् । यो चलचित्रमा ए मेरो हजुर ४ मा नायक अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा रहनेछन् ।
अनमोलको साथीको रुपमा देख्न पाउनेछन् सलोनलाई.यस चलचित्रमा । उसो त, सलोनले झरनासँग सहकार्य गरेको यो पहिलो चलचित्र भने होइन । ‘ए मेरो हजुर २ र ३’मा पनि उनले काम गरेका थिए ।