‘केटासँग चुम्बन गर्दा परिवारमा हाँसो छुट्यो’–आयुष्मान - Crazysaptahik.com

‘केटासँग चुम्बन गर्दा परिवारमा हाँसो छुट्यो’–आयुष्मान


क्रेजी साप्ताहिक । नायक आयुष्मान खुराना अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर सार्वजनिक भइसकेको छ । उसको चलचित्रको ट्रेलरले अहिले युट्युबमा प्रशंसा पाइरहेको छ । समलिंगी पुरुषको प्रेमलाई ट्रेलरमा देखाइएको छ । साथीहरुले त्यसलाई कुन रुपमा हेर्छन् जो दुई पुरुषको प्रेमलाई परिवारले कसरी लिन्छ, चलचित्रको विषयबस्तु बनाइएको छ । यो चलचित्रको ट्रेलरमा परिवारबाट स्विकार्य नभएको देखाइएको छ ।

आयुष्मान खुरानालाई ट्रेलरको एक दृष्यमा समलिंगी पुरुषको भूमिकामा देखिएका गुजराज रावले चुम्बन गरेको देखाइएको छ । आयुष्मान उक्त दृष्य हेरेर आफ्नो परिवारहरु निकै हाँसेको बताउँछन् । भारतीय मिडियासँग कुरा गर्दै उनले भनेका छन – ‘मलाई केही भन्नुहुन्छ कि भन्ने लागेको थियो । तर, बुबा आमाले त त्यसलाई हाँसोमा उडाइदिनु भयो । आयुष्मानले यस्तो विषयमा चलचित्र गर्न लागेको परिवारलाई पहिल्यै थाहा थियो । तर, पनि नराम्रो रुपमा परिवारले लिन्छ कि भन्ने उनलाई डर थियो । आयुष्मान भन्छन् – ‘कथा त उहाँहरुलाई सुनाइसकेको थिए । मैले हरेक चलचित्रको कथा उहाँहरुलाई सुनाउने गर्छु ।’ आयुष्मान पछिल्लो समयमा बलिउडका हिट मेसिन नै बनिरहेका छन् । उनी अभिनित चलचित्रले सय करोड कमाइ गरिरहेका छन् । उनी, चलचित्रमा कथा रोज्न माहिर नायकको रुपमा चिनिएका छन् ।

सम्बन्धित खवर