क्रेजी साप्ताहिक । नायक साहरुख खान ठूलो पर्दाबाट टाढा रहेको १ बर्ष बढी भैसक्यो । उनका कुनै पनि चलचित्र रिलिज भएनन् सन् २०१९ मा । साहरुखले सन् २०२० लागिसक्दा पनि कुनै चलचित्रको घोषणा गरेका छैनन् । उनै, साहरुखले निर्देशक राजकुमार हिरानीको चलचित्रमा काम गर्न लागेको खबर भारतीय मिडियामा फैलिएको लामै समय भैसकेको छ । तर, साहरुखले यस बिषयमा केही पनि बोलेका छैनन् । यसैविच, साहरुखले ट्विटरमा आफ्ना फ्यानहरुसँग कुराकानी गरेका छन् । फ्यानले सोधेका प्रश्नको जवाफ उनले दिएका थिए ।