आफ्ना प्रेमी देवांशसँग म्युजिक भिडियोमा साम्राज्ञी - Crazysaptahik.com

आफ्ना प्रेमी देवांशसँग म्युजिक भिडियोमा साम्राज्ञी

अहिलेकी हिट हिरोइन् हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्रमा उनको डिमान्ड दिन प्रतिदिन बढ्दो छ । त्यसैले पनि होला उनलाई चलचित्रमा लिन निर्माता निर्देशक मोटो रकम तिर्न समेत तयार छन् ।

नायिका साम्राज्ञी अभिनित यो वर्ष ‘रातो टिका निधारमा’ र ‘मारुनी’ प्रदर्शनमा आए । तर दुबै फिल्म बक्सअफिसमा असफल ठहरिए । सायद त्यसैले पनि होला उनी अहिले मौन छिन् । पछिल्लो समय उनी प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन् । जसको पुष्टि उनले बेलाबेलामा सार्वजनिक गर्ने तस्विरले पनि गरिरहेको छ ।

यस्तै, साम्राज्ञीले एक म्यूजिक भिडियो समेत अभिनय गरेकी छन् । साम्राज्ञीले प्रेमी देवांशसँग म्युजिक भिडियोमा काम गरेकी हुन् । साम्राज्ञी आफैले प्रेमीसँगको तस्वीर सार्वजनिक गर्दै म्युजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन् । उनले आफ्नी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतको भिडियोमा मोडलिङ गरेकी हुन् ।

 

सम्बन्धित खवर