क्रेजी साप्ताहिक । चलचित्र तेलुगुमा ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने कुरा त पक्का भैसकेको छ । यस चलचित्रका वितरण तथा निर्माण कम्पनी ‘युवा फिल्मस्ले अधिकार किनिसकेको छ । यस ‘युवा फिल्मस्ले चलचित्रको निर्माणको घोषणा गरेसँगै चलचित्रको विषयमा विभिन्न समाचारपनि आइरहेका छन् । कलाकारदेखि निर्देशकको नाम पनि सार्वजनिक भैरेको छ त्यस चलचित्रका ।
चलचित्रमा नायक आर्यन सिग्देलले मुख्य भूमिकामा काम गर्ने खबर पनि सार्वजनिक भैरहेको छ । गसिप बजारमा आफ्नो नाम सार्वजनिक भएपछि आर्यनले यस बिषयमा मुख खोलेका छन् । उनले लेखेका छन्–‘यो स्पष्टिकरणको लागि मात्र हो, मैले केही दिनदेखि समाचारहरु देखिरहेको छु । निर्माणाधिन चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकमा म छैन । मसँग निर्माण पक्षको कुरा पनि भएको छैन । म निर्माण पक्षलाई शुभकामना दिन चाहन्छु ।’ तेलुगुमा निकै सफल भएको यो चलचित्रको बलिउडमा रिमेक निर्माण भइसकेको छ । गत वर्ष रिलिज भएको ‘कविर सिंह’ यो चलचित्रको रिमेक हो ।