डम्बर नेपालीले ल्याए ‘स्विटर फाटेको’ (भिडियोसहित) - Crazysaptahik.com

डम्बर नेपालीले ल्याए ‘स्विटर फाटेको’ (भिडियोसहित)


प्रेमप्रसाद भटराई(के.डी) । गायक डम्बर नेपालीले आफ्नो नयाँ गीत ‘स्विटर फाटेको’ को भिडियो सार्वजनिक गरेका छन् ।  गितको भिडियो काठमाडौंको अनामनगरस्थित किमची होटलमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । गायक स्वयमकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका छन् । भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीले अभिनय रहेको छ भने गायक स्वयमको पनि अभिनय रहेको छ ।

ग्रामीण परिवेशको माया र गरिबीको पीडालाई गीतमार्फत उतारिएको गायक डम्बर नेपालीले बिएल नेपाली सेवालाई जानकारी दिए । ‘आफ्नो प्रेमिकाको छेउमा कसलाई ‘टिपटप’ बनेर हिड्न मन लाग्दैन र?’ गायक डम्बरले भने, ‘तर प्रेमिकालाई भेट्न सुईटर च्यातिएर समस्या भएको कुरा उल्लेख गरिएको छ।’ लामो समयदेखि नेपाली सांगीतिक यात्रामा अनवरत खटिएका नेपालीले ‘सुईटर फाटेको’ बाट आफू निकै आशावादी भएको बताए । गायक नेपालीको ‘मेरो जिवनबाट जाने भए जाँउ तर अन्तिम पल्ट भेट्न आउ’ बोलको गीतले दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

भिडियो हेर्नुहोस ः

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.