बिन्दवासिनी म्युजिक प्रालिकी सञ्चालिका लिना शर्मालाई प्रहरीले पक्राउ गरेको छ । गायक प्रमोद खरेलले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।
प्रतिलिपी कानुनअनुसार आफ्नो गीतको स्वामित्व आफुमा हुनुपर्ने र तोकिएको रोयल्टी रकम पाउनुपर्ने खरेलको दाबी छ । लिना शर्मा रेग्मीलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको हो । बिन्दवासिनी म्युजिक र प्रमोदको विवादबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।