विजय र अनन्याको नयाँ फिल्म ‘लिगर’ - Crazysaptahik.com

विजय र अनन्याको नयाँ फिल्म ‘लिगर’


चलचित्र ‘डियर कमरेड’ले भारतमा मात्र नभई विश्व बजारमा नै नायक विजय देवरकोन्डाको चर्चित बनाएको छ । यसपछि, उनको माग बलिउडमा पनि निकै छ । उनले, बलिउडमा पनि डेब्यूको तयारी गरिसकेका छन् । उनै, विजय र बलिउड नायिका अनन्या पाण्डेले अभिनय गरेको एक्सन चलचित्रको नाम र फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्रको नाम ‘लिगर’ राखिएको छ ।

चलचित्रको फस्टलुकमा विजय र एक वाघलाई चित्रित गरिएको छ । विजयले सामाजिक संजालमा पागल हुनका लागि तयार हुन आफ्ना फ्यानलाई अपिल गरेका छन् । यो चलचित्रमा रोनित रोय, विषु रेड्डी, अली लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रको फस्टलुकमा नायिका अनन्या पाण्डेलाई स्थान दिइएको छैन । तर, विजयको लुक्सले भने दर्शकलाई आकर्षित गर्ने पक्का छ ।

 

सम्बन्धित खवर