‘तिम्रो मेरो साथ’ छायांकनमा पुष्प र साम्राज्ञीलाई बडिगार्डको व्यवस्थामा - Crazysaptahik.com

‘तिम्रो मेरो साथ’ छायांकनमा पुष्प र साम्राज्ञीलाई बडिगार्डको व्यवस्थामा


चलचित्रमा काम गर्ने कलाकारहरु हलमा पुग्दा दर्शकको भीड हुने भएकाले पनि उनीहरुका लागि वडिगार्डको व्यवस्था गरिएको खबर नेपाली चलचित्र क्षेत्रका लागि नौलो होइन । नायक अनमोल केसी, प्रदिप खड्का, पुष्प खड्का, सलिनमान बनियाँदेखि नायिकाहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्माका लागि बडिगार्डको व्यवस्था गरिएको थियो ।

तर, अब चलचित्रको छायांकनका क्रममा नै कलाकारलाई बडिगार्डको व्यवस्था गरिएको छ । काठमाण्डौका विभिन्न स्थानमा छायांकन भैरहेको चलचित्र ‘तिम्रो मेरो साथ’का मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का र कलाकार सन्दिप क्षेत्रीको लोकप्रियतालाई ध्यानमा राख्दै ।

यसको टिमले ४ जना बडिगार्डको व्यवस्था गरेको छ । चलचित्रका निर्माता तथा निर्देशक रमेश एम.के पौडेलका अनुसार आउटडोर छायांकनका क्रममा दर्शकको भीड हुने भएकाले पनि बडिगार्डको व्यवस्था गरिएको हो ।

पछिल्लो समयमा नायक पुष्प खड्काको क्रेज लोकप्रिय देखिएको छ । एकपछि अर्को चलचित्रमा व्यस्त बनेका पुष्पको फ्यान क्रेज गज्जबको बन्दै गइरहेको छ । यसैले पनि आउटडोर छायांकनका क्रममा छायांकन प्रभावित नहोस् भन्ने हेतुले बडिगार्डको व्यवस्था गरिएको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ । अब, केही दृश्य र गीतको मात्र छायांकन रहेको निर्माणपक्षले बताएको छ । आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रमा सविर श्रेष्ठको पटकथा तथा संवाद छ । चलचित्रमा सरोज खनाल, खबपु, इमिली लामा, धु्रव दत्तको पनि मुख्य भूमिका छ ।

सम्बन्धित खवर