हलिउड फिल्ममा ज्याकलिनसँग काम गर्दै अन्जली लामा - Crazysaptahik.com

हलिउड फिल्ममा ज्याकलिनसँग काम गर्दै अन्जली लामा


नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले अब हलिउड चलचित्रमा अभिनय गर्ने तयारी गरेकी छिन् । उनले, ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेको डेडलाइनले उल्लेख गरेको छ । रिपोर्टमा उल्लेख गरिए अनुसार, अन्जलीले यो चलचित्रमा बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्दैछिन् ।

यो चलचित्रलाई लिना यादवले निर्देशन गर्ने तयारी गरेकी छिन् । डेडलाइनका अनुसार, यो एक एन्थोलजी चलचित्र हो । जसको नाम ‘वुमेन्स स्टोरिज’ राखिएको छ । यो चलचित्रलाई विभिन्न ४ भागमा विभाजित गरेर निर्माण गरिनेछ । जसमा कारा डेलेविन्ज, इवा लोन्गारिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।

लर्वोलिनो इन्टरटेन्मेन्टको सह–निर्माण तथा वि डू इज टूगेदरको निर्माणमा बन्न लागेको यो चलचित्रले महिलाको फरक–फरक जीवनको कथालाई प्रस्तुत गर्नेछ । यो चलचित्रमा विश्वका विभिन्न देशका ६ जना महिला निर्देशकहरुले निर्देशन गरेका कथालाई प्रस्तुत गरिनेछ ।

चलचित्रको छायांकन भारत र अमेरिकामा हुनेछ । चलचित्रका सबै कलाकार महिला हुनेछन् । चलचित्रमा कमेडी, एनिमेशन पनि समावेश गरिनेछ । नेपालकी ट्रान्सजेन्डर अन्जली लामाले ‘ल्याक्मे फेसन शो’मा समेत सहभागीता जनाइसकेकी छिन् ।

 

सम्बन्धित खवर