कानेपोखरीबाट एक युवती बेपत्ता, बेच्न लगिएको परिवारको आशंका - Crazysaptahik.com

कानेपोखरीबाट एक युवती बेपत्ता, बेच्न लगिएको परिवारको आशंका

सनम रोक्का
कानेपोखरी । मोरङ कानेपोखरी –४, शिवालय टोलकी एक युवती बेपत्ता भएकी छिन ।
शुक्रबार साँझबाट २१ वर्षीय सुजना तिम्सिना बेपत्ता भएकी हुन ।                                                                         

बौद्धिक क्षमताका आधारमा निकै सोझी रहेकी सुजनालाई कसैले ललाईफकाई गरि बेच्न लगिएको आमा चन्द्रकला तिम्सिनाले बताइन् । आफ्नै घरको घरायसी काम गर्दागर्दै साँझ ५ बजेदेखि उनी बेपत्ता भएकी आमा चन्द्रकलाले बताइन् । अत्यन्तै सोझी सुजनासँग एक अपरिचित दाहाल थर गरेका युवा सामाजिक संजालमा जोडिएका थिए ।

फोसबुकमा चिनजान भएको युवासँग फेसबुकमा बोलेको आमाले देखेपछि परिवारले कराउँदा “त्यो केटो त्यस्तो छैन राम्रो छ” भनेर सुजनाले जवाफ फर्काउने गरेकी थिइन् । सुजनासँग परिचित तर सुजनाको परिवारसँग अपरिचित एक युवा गएको शुक्रबार घरमै आइपुग्छ ।

परिवारले सोध्दा नाम नभन्ने दाहाल थर मात्र बताउने सो युवाले सुजनासँग गफ गरेपछि ५ बजे घरबाट भागेको उनकी आमाले बताइन् । आमाले छोरीको साथी होला भनेर वास्ता गरिनन ।

परिवारले नियन्त्रणमा राख्दाराख्दैँ पनि सोझोपनको फाइदा उठाएर सोही युवाले फकाएर बेचबिखनका लागि लगेको हुनसक्ने बेपत्ता सुजनाकी आमाले बताइन ।

२४ घण्टा बितिसक्दासम्म कहिकतैबाट खबर नआएपछि त्यो अपरिचित व्यक्तिले बेच्न लगेको शंका गरेका छन् । परिवारले इलाका प्रहरी कार्यालय पथरी तथा माइती नेपाल विराटनगरमा निवेदन दर्ता गरिसकेका छ्न । घरबाटै बेपत्ता भएकी युवतीको प्रहरी र गाउँलेले खोजीकार्य गरिहेको छ ।

सम्बन्धित खवर