'तिम्मा सायाचुङ खाजा घर'को उद्घाटन - Crazysaptahik.com

‘तिम्मा सायाचुङ खाजा घर’को उद्घाटन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. २ मा अवस्थित हरियाली सामुदायिक वन भित्र ‘तिम्मा सायाचुङ खाजा घर’को उद्घाटन गरिएको छ ।
आज पथरी शनिश्चरे वडा नं. १० का सन्जय राई र अस्मिता राईले सञ्चालनमा ल्याएको खाजा घरको समाजसेवी बाबुराम राई र सञ्चारकर्मी अर्जुन जम्नेली राईले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
जंगलको बीचमा अवस्थित खाजा घरमा स्वादिष्ट विभिन्न परिकारका खाजा उपलब्ध गराइने सञ्चालक सन्जय राईले जानकारी गराउनुभयो । प्रकृतिसँगै रम्दै हरियाली र मनोरम वातावरणमा सञ्चालनमा आएको खाजा घरमा स–साना कटेजहरु पनि उपलब्ध छन् । सो क्षेत्रमा घुम्न आउने आगन्तुक तथा स्थानीयहरुलाई खाजा घरले स्वादिष्ट खानपानको सुविधा उपलब्ध गराउनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.