सागरले भने– ‘ब्रेकअप’को खबर गलत हो, प्रिज्मा मिल्ने साथी मात्रै - Crazysaptahik.com

सागरले भने– ‘ब्रेकअप’को खबर गलत हो, प्रिज्मा मिल्ने साथी मात्रै

हास्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’ले आफू र मोडल प्रिज्मा खतिवडाबीच ‘ब्रेकअप’ भएको भन्ने खबर गलत भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरु मिल्ने साथी मात्र भएको दाबी गरेका छन् ।

सागरले आफूहरु चाँडै सँगै काम गर्न लागेको समेत बताए । ‘म केही महिनादेखि आफैं मिडियासँग टाढा छु । मेरो पारिवारिक समस्याका कारण म मिडियामा आउन नसके हुँ,’ उनले भने, ‘यो बीचमा मैले प्रिज्मा र प्रिन्सी खतिवडा अन्तर्वार्ता पनि हेरें ।

उहाँहरु आफ्नो विगतलाई सम्झिएर भावुक हुनुभएको थियो । रुने प्रिन्सी, माफी माग्ने प्रिज्मा र गाली खाने म भएँ ।’ सागरले आफ्नो विवाह हुन लागेको भन्ने खबरमा समेत अनभिज्ञता जनाए । उनले अगाडि भने, ‘यो विषयमा त म आफैं पनि दोधारमा छु ।

बिहेको अहिले कुनै योजना छैन ।’ सागरले प्रिज्मा र प्रिन्सी आफ्नो लागि एकै भएको समेत बताए । उनले भने, ‘अरुका लागि प्रिज्मा र प्रिन्सी फरक होलान्, मेरो लागि एउटै हुन् । सबै जीवनमा मिल्ने साथी हुन्छन्, मेरो प्रिज्मा र प्रिन्सी हुन् ।’

उनले चाँडै नै ‘तिम्रो मन बदलिएछ’ गीति सिरिज बनाउने तयारी गरेको र त्यस भिडियोमा प्रिज्मा र प्रिन्सी नै हुने जानकारी दिए । काठमाडौंमा आयोजना भएको ‘हो हो नि माया’ बोलको गीत सार्वजनिक कार्यक्रममा सागरले आफू अहिले झनै मोटाए बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.