कलाकार जोन अब्राहम दम्पतीलाई कोरोना संक्रमण - Crazysaptahik.com

कलाकार जोन अब्राहम दम्पतीलाई कोरोना संक्रमण

कलाकार जोन अब्राहम कोरोना संक्रमित भएका छन् । जोनका साथै उनकी पत्नी प्रियामा पनि संक्रमण देखिएको छ ।

जसको जानकारी जोनले आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । ‘तीन दिन पहिले म एक ब्यक्तिको सम्पर्कमा आएको थिए’ उनले इन्स्टाग्राममा लेखेका छन् ‘पछि मात्र थाहा भयो उनी कोरोना संक्रमित रहेछन् ।’ पत्नी प्रिया र आफु होम क्वारेन्टाइनमा बसेको समेत उनले बताएका छन् ।

अहिले आफुलाई हल्का फुल्का लक्षण मात्र देखिएको उनले बताएका छन् । आफुहरु भने कसैको सम्पर्कमा नआएको बताएका उनले सबैलाई सुरक्षित रहन अनुरोध समेत गरेका छन् ।

बलिउडमा हालै निर्देशक राहुल रवैल, नोरा फतेही, मृणाल ठाकुर, अर्जुन कपुर लगायत केही सेलिब्रेटीमा कोरोना देखिएको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.