कानेपोखरी ४ निवासी ६६ बर्षिय धिमाल जंगलमा मृत फेला - Crazysaptahik.com

कानेपोखरी ४ निवासी ६६ बर्षिय धिमाल जंगलमा मृत फेला

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका निवासी ६६ वर्षीय मात्रिका धिमाल कानेपोखरी जंगलमा मंगलबार आज मृत अवस्थामा फेला परेका छन ।

कानेपोखरी ४ धम्कुवाका धिमाल आज कानेपोखरी स्थित ग्रामिण सुधार सामुदायिक वन र लेटाङको जनजागृती सामुदायिक वनको सिमानामा पर्ने फायर लाइन छेउमा मृत अवस्थामा फेला परेका हुन ।

धिमाल गत पुस १६ गते कानेपोखरी जंगलमा घास काट्न भनि घरबाट निस्किएको स्थानिय सुनिल धिमालले बताए ।
धिमाललाइ ५ दिन पछि सोही जंगलमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृत अवस्थामा फेला परेका उनको मुखबाट सामान्य रगत बगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धिमालको शवलाइ पोस्टमार्टमको लागि मोरङको मंगलबारे अस्पतालमा लगिएको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर