रश्मीका र विजयको प्रेम चर्चा - Crazysaptahik.com

रश्मीका र विजयको प्रेम चर्चा

साउथ इण्डियन चलचित्रहरुले विश्व बजारमा राम्रो व्यापार गर्न थालेपछि कलाकारका खबरले पनि मिडियामा प्राथमिकताका साथ सार्वजनिक हुन थालेका छन् । केही साउथ स्टारहरुको क्रेज अहिले बलिउडमा समेत ह्वात्तै बढेको छ । यही सूचीमा पर्छन्, अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मीका मन्दाना ।

यी दुईले काम गरेको चलचित्र ‘डियर कमरेड’ले युट्युबमा तहल्का मच्चाएपछि दुईको क्रेज ह्वात्तै बढेको हो । यी दुवै कलाकार बलिउड चलचित्रमा समेत व्यस्त भइसकेका छन् । यसैबीच मिडियामा यी दुईको प्रेमको खबर समेत सार्वजनिक हुन थालेको छ ।

विशेषगरी यी दुईले एकसाथ नयाँ वर्ष गोवामा मनाएको खबर सार्वजनिक भएसँगै प्रेमको खबरले विशेष स्थान पाएको हो । रश्मीकाले नयाँ वर्षमा गोवाको रमणीय दृश्यमा रमाउँदै गरेको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

यस्तै, विजयले पनि गोवाकै तस्वीर सार्वजनिक गर्दै नयाँ वर्षको शुभकामना दिएका थिए । गोवामा यी दुईको परिवार समेत पुगेका थिए । दुई कलाकारको प्रेम चर्चा गोवा पुग्नु अगाडि नै शुरु भइसकेको थियो । यो विषयमा रश्मीका र विजयले केही पनि बताएका छैनन् ।

सम्बन्धित खवर