अमेरिकी लेखक–निर्देशक पिटर बोगदानोभिचको निधन - Crazysaptahik.com

अमेरिकी लेखक–निर्देशक पिटर बोगदानोभिचको निधन

प्रतिष्ठित ओस्कार अवार्डको नोमिनेसनमा परेका हलिउड लेखक तथा निर्देशक पिटर बोगदानोभिचको निधन भएको छ । ८२ वर्षीय पिटरको बिहीबार राति अमेरिकाको लस एन्जलसस्थित आफ्नै घरमा निधन भएको हो ।

उनको पार्किन्सनको जटिल रोगका कारण मृत्यु भएको टिरकी छोरी एन्टोनिया बोगदानोभिचलार्य उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।७० को दशकमा पिटर हलिउडका प्रसिद्ध निर्देशकमध्ये एक थिए । त्यसअघि चलचित्र पत्रकार रहेका उनलाई रोजर कारम्यानले ‘द वाइल्ड एन्जल्स’मा जोडेपछि उनको फिल्मी यात्रा शुरु भएको थियो ।

सम्बन्धित खवर