काठमाडौं आइपुगिन् भारतीय गायिका असीस कौर - Crazysaptahik.com

काठमाडौं आइपुगिन् भारतीय गायिका असीस कौर

भारतीय गायिका असीस कौर नेपाल आएकी छन् । उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन् । असीसले शनिबार काठमाडौंको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टमा दर्शकलाई झुमाउनेछिन् ।

फेलिज इन्टरनेशनल इभेन्टले यो कार्यक्रम आयोजना गर्न लागेको हो । गायिका असीसले गाएको ‘राता लम्बिया’ बोलको गीतलाई दर्शक–स्रोताले निक्कै रुचाएका छन् ।त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै असीसले नेपाल आउन पाउँदा आफू उत्साहित भएको बताइन् ।

उनले पशुपतिनाथ मन्दिर पुग्ने चाहना समेत व्यक्त गरिन् । असीसले शनिबार क्लब प्लेटिनममा भेट्न आफ्ना फ्यानहरुलाई आग्रह समेत गरेकी छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.