सुरु हुँदै दीपकको ‘क्राइम पेट्रोल’ - Crazysaptahik.com

सुरु हुँदै दीपकको ‘क्राइम पेट्रोल’

कलाकार दीपकराज गिरीले होस्ट गर्ने टिभी सिरिज ‘क्राइम पेट्रोल’ को प्रिमियर गरिएको छ । शुक्रबार राजधानीको बिग मूभिजमा रंगपत्रकार तथा फिल्मकर्मी माझ सिरिज प्रिमियर गरिएको छ । टेलिभिजनबाट प्रसारण गर्नु पूर्व सिरिजको प्रचार प्रसार गर्ने उद्देश्यले निर्माण युनिटले यसको प्रिमियर गरेको हो ।

सिरिज विशाल सापकोटाले निर्देशन गरेका हुन् । सिरिज आगामी बुधबारदेखि ग्यालेक्सी फोरके टिभीबाट प्रसारणमा आउन लागेको हो ।कार्यक्रममा कलाकार दीपकले सिरिजको होस्ट आफ्नो सिक्ने प्रयास रहेको बताए । उनले भने, ‘खोलभन्दा चाउचाउ स्वादिष्ट हुनुपर्छ ।

म खोलमात्र हुँ । चाउचाउ सिरिज हो ।’ टेलिभिजनका प्रबन्ध निर्देशक र रवि लामिछानेले गुणस्तरीय कार्यक्रम उत्पादन गर्ने क्रममा सिरिज ल्याउन लागेको बताए । ‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उनको टिमले निर्माण गर्न लागेको हो ।

सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गरेकी मल्लले ‘क्राइम पेट्रोल’ मा लेखनको अलवा क्रिएटिभ प्रोडुसरको जिम्मेवारी समेत निर्वाह गरेकी छन् ।

 

सम्बन्धित खवर