लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना - Crazysaptahik.com

लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । मुम्बईको क्याण्डी अस्पतालमा उपचाररत् लतालाई कोरोनाको सामान्य लक्षण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिकित्सकहरुका अनुसार ९२ वर्षीया लतालाई उमेरसम्बन्धी समस्या पनि भएकाले त्यसको उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।यसअघि सन् २०१९ मा श्वासप्रश्वासमा समस्या आउँदा लतालाई अस्पताल भर्ना गरिएको थियो । लता अस्पतालमा भर्ना भएसँगै प्रशंसक तथा शुभचिन्तकहरुले उनको स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरिरहेका छन् ।

आफ्नो सात दशकको सांगीतिक करिअरमा उनले विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएसँगै सेलिब्रटीहरु पनि संक्रमित भइरहेका छन् ।

सम्बन्धित खवर