छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्छ : साहित्यकार मृदुल - Crazysaptahik.com

छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्छ : साहित्यकार मृदुल

क्रेजी संवाददाता
कानेपोखरी । लघुकथा समाज नेपाल १ नं. प्रदेश अध्यक्ष साहित्यकार ममता मृदुलले छाँयामा परेका विम्बहरुलाई साहित्यले झल्काउनुपर्ने बताइन । साहित्यले अब बोल्न नदिइएका, दबिएका आवाजहरु वुलन्द पार्नुपर्ने र संविधानले अटाउन नसकेका बुँदाहरुलाई समेट्नुपर्ने कुरा राखिन ।

मोरङ कानेपोखरीमा स्थापित कानेपोखरी साहित्य समाजले सम्पन्न गरेको दोश्रो वार्षिक उत्सवको अवसरमा बोल्ने क्रममा कुरा बताएकी हुन् ।

“साहित्यले के बोल्नुपर्छ” भन्ने प्रश्नसहितको सो साहित्यिक वहसमा साहित्यप्रेमी एवं राजनीतिज्ञ सुर्यमाराज राई, लघुकथा समाज नेपाल १ नं. प्रदेश अध्यक्ष साहित्यकार ममता मृदुल र बहुरंगवादी कवि धर्मेन्द्र नेम्बाङले सहभागिता जनाएका थिए । धर्मेन्द्र नेम्बाङले साहित्यकारले राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा रहेर व्यवसायीक साहित्य लेख्नुपर्नेमा जिकिर गरे । साथै, साहित्यप्रेमी सुर्यामाराज राईले राजनितिलाई बाटो देखाउने यात्राहरु साहित्यले लेख्नुपर्छ र साहित्यलाई राजनीतिले संरक्षण गर्नुपर्ने बताए । विगतदेखीनै साहित्य र राजनीति एकाअर्काका परिपुरकको रूपमा रहदैँ आएका छ्न । साहित्यले समाज बुझेको हुन्छ अनि राजनीतिज्ञले समाज बुझ्नुपर्छ, ‘उनले भने ।

कविता वाचनमा प्रथम बनिन् माउण्ड हर्मोन एकेडेमीकि छात्रा सुम्निमा न्यौपाने

मोरङको कानेपोखरीमा रहेको माउण्ड हर्मोन चिल्डे्न एकेडेमीकी छात्रा सुम्निमा न्यौपाने अन्तर कानेपोखरी विद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा प्रथम भएकी छन् ।

कानेपोखरी साहित्य समाजले आफ्नो दोश्रो वार्षिक उत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा शिक्षा सदन मावीकि करुणा कोइराला दोश्रो, शिक्षा सदन मावीकै आर्जु थापा तेश्रो र जनसेवा मावीकि ऋचा सापकोटाले सान्तवाना पुरस्कार हात पारिन ।

कानेपोखरीको ऐतिहासिक पोखरी स्थलमा आयोजना गरिएको कार्यक्रममा बिनोद बिवस, अभागी थेगुवा, तिला लेकाली, नवीन झोडाली, तिर्थराज विश्वकर्मा, याकथुम्बा कान्छा र षडकुणा रेग्मी लगाएतले आफ्नो रचना वाचन गरेका थिए ।

विशिष्ट लेखक तथा साहित्यकार कृष्ण बराल प्रमुख अतिथी रहेको सो कार्यक्रममा कानेपोखरीको पहिचानसँग जोडिएको पोखरीलाइ प्रर्वद्धन गर्ने उदेश्यले पोखरी स्थलमा आयोजना गरिएको थियो ।

कानेपोखरी साहित्य समाजका अध्यक्ष दुर्गा बहादुर कार्की (डिबि संसार) को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको संचालन समाजका सचिव संजिव लिम्बुले सञ्चालन गरेका थिए ।

 

 

 

सम्बन्धित खवर