चलचित्र क्षेत्रमा फर्किने प्रियंकाको तयारी, शरीरको तौल घटाउँदै - Crazysaptahik.com

चलचित्र क्षेत्रमा फर्किने प्रियंकाको तयारी, शरीरको तौल घटाउँदै

केही वर्षअघिसम्म नम्बर एक नायिका भनिने अभिनेत्री प्रियंका कार्कीको चर्चा अहिले सेलाएको छ । गसिप बजारमा विभिन्न फण्डाका कारण चर्चामा रहिरहने प्रियंका आमा बनेपछि छोरीलाई नै समय दिइरहेकी छन् । छोरीलाई जन्म दिनुअघिसम्म पनि मिडियामा लाइमलाइटमा नै रहेकी प्रियंकाको हिजोआज सन्तानको हेरचाहमा नै दिन बितिरहेको छ ।

प्रियंका अब भने कला क्षेत्रमा फर्किने तयारीमा लागेकी छन् । हुन त, उनीपछि चलचित्र क्षेत्रमा नयाँ पुस्ताका अभिनेत्रीहरुको वर्चस्व रहेकाले प्रियंकाले आफ्नो पुरानै स्टारडम फर्काउन सफल हुन्छिन् वा हुँदिनन् भन्ने कुरा भोलि थाहा होला नै ।चलचित्रमा फर्किने तयारी स्वरुप प्रियंका अहिले आफ्नो तौल घटाइरहेकी छन् ।

यस बीचमा आफूले साढे पाँच केजी तौल घटाइसकेको उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा उल्लेख गरेकी छन् ।कुनै समय प्रियंका आफूलाई फिट राख्न खानेकुरा निक्कै कम खान्थिन् । कैयौं पटक उनी चलचित्रको सेटमा बेहोस समेत भएकी थिइन् । छोरीलाई जन्म दिएपछि मोटाएकी प्रियंका अब पुरानै अवस्थामा फर्किने दौडमा लागेकी छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.