दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् । केही समयअघि दुबई जान लागेको बेला मुम्बई विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ ।
उनी निरन्तर विवादमा आएपछि चलचित्र ‘द घोस्ट’बाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निरन्तर विवादित हुनु र प्रेमी चन्द्रशेखरसँगको अन्तरंग तस्वीर बाहिरिएपछि ज्याकलिनलाई अन्य चलचित्रबाट समेत अफर आउन छाडेको छ । ‘द घोस्ट’मा ज्याकलिनको साथमा साउथ स्टार नागार्जुन मुख्य भूमिकामा रहने बताइएको थियो । तर, अब उनको ठाउँमा सोनल चौहानलाई भित्र्याइएको छ ।