चर्चित अमेरिकी गायक मिट लोफको निधन - Crazysaptahik.com

चर्चित अमेरिकी गायक मिट लोफको निधन

चर्चित अमेरिकी गायक मिट लोफको निधन भएको छ । ७४ वर्षीय मिटको बिहीबार राति निधन भएको उनको आधिकारिक फेसबुकमार्फत जनाइएको छ । फेसबुकमा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आज राति आफ्ना प्यारा मिट लोफको उनकी पत्नी डेबोराको छेउमा निधन भएको खबर सुनाउनु पर्दा हाम्रो हृदय टुटेको छ ।

उनका छोरीहरु पर्ल र अमाण्डा तथा नजिकका साथीहरु पनि पछिल्लो २४ घण्टादेखि उनीसँगै थिए ।’ मिटको निधनको कारणबारे भने केही खुलाइएको छैन । मिटको ‘ब्याट आउट अफ हेल’ले विश्वमै सबैभन्दा बढी बिक्री हुने एल्बमको रेकर्ड राखेको छ ।

उनका एल्बम विश्वभरमा एक करोड प्रतिभन्दा बढी बिक्री भएका थिए । मिटले केही टेलिभिजन शो र चलचित्रमा समेत काम गरेका थिए । फाइट क्लब, द रकी हरर पिक्चर शो र वेयन्स वर्ल्ड उनक चर्चित चलचित्र र शो हुन् । उनले सन् १९९३ मा ‘उत्कृष्ट सोलो रक भोकल पर्फमेन्स’तर्फ ग्रामी अवार्ड जितेका थिए ।

लामो समयदेखि ढाडको समस्याबाट पीडित मिटले चार पटक त ढाडको शल्यक्रिया समेत गरिसकेका थिए । सन् २०१६ मा क्यानडाको एक शहरमा कन्सर्ट भइरहेका बेला एक्कासी लडेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।

सम्बन्धित खवर