आमिरले भने– हल्लाको पछि नलाग्नुस्, ‘लाल सिंह चड्डा’ अप्रिल १४ मै आउँछ - Crazysaptahik.com

आमिरले भने– हल्लाको पछि नलाग्नुस्, ‘लाल सिंह चड्डा’ अप्रिल १४ मै आउँछ

बलिउड अभिनेता आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा रिलिज नहुने खबर केही दिनयता सार्वजनिक भइरहेको थियो । वैशाख १ गते यो चलचित्र विश्वव्यापी रुपमा रिलिज हुने भनिएको भएपनि बलिउड बजारमा भने यो चलचित्र पोष्टपोन्डको खबर आइरहेको थियो । तर, निर्माणपक्षले यस्तो खबरलाई हल्ला मात्रै भन्दै खण्डन गरेको छ ।

शुक्रबार आमिर खानको निर्माण कम्पनी आमिर खान प्रोडक्सनले विज्ञप्ति जारी गर्दै चलचित्र अप्रिल १४ मै रिलिज हुने स्पष्ट पारेको छ । दर्शकले दिएको मायाका लागि आभार व्यक्त गर्दै अब केही समय पर्खिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।‘लाल सिंह चड्डा’मा आमिर खान, करिना कपूर, नागा चैतन्य लगायतका कलाकारको मुख्य भूमिका छ ।

अद्वेत चन्दनको निर्देशनमा बनेको यो चलचित्रको प्रदर्शन मिति बारम्बार सरेको थियो । चलचित्रमा प्रितमको संगीत छ । चलचित्र हलिउड चलचित्र ‘फरेस्ट गम्प’को रिमेक हो । यही मितिमा साउथको प्रतिक्षित चलचित्र ‘केजीएफ २’ पनि रिलिज हुँदैछ । भारतमा यी दुई चलचित्रको भिडन्तलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।

सम्बन्धित खवर