आइटिएफ मोरङ अध्यक्षमा युवराज भुजेल चयन - Crazysaptahik.com

आइटिएफ मोरङ अध्यक्षमा युवराज भुजेल चयन

कानेपोखरी । आइटिएफ तेक्वाण्डो संघ मोरङ जिल्ला कार्यसमिति अध्यक्षमा युवराज भुजेल चयन भएका छ्न ।                         

मोरङ कानेपोखरी ६ स्थित रमाइलो साकोसको भवनमा सम्पन्न पाँचौ अधिवेशनबाट भुजेल सर्वसम्मत चयन भएका हुन । त्यसैगरि उपाध्यक्षमा सन्तोष कुमार श्रेष्ठ, सचिवमा राजकुमारी तामाङ, सहसचिवमा स्वीकार बस्नेत, कोषाध्यक्षमा मन्दिप रायमाझी, सदस्यहरूमा हरि न्यौपाने, सार्थक पोख्रेल, केरिसा आचार्य, इन्दिरा थापा, बिपिन राई र प्रेम चौधरी छानिएका छ्न ।

कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा पालिका उपाध्यक्ष राजमती इङ्नाम, नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ का अध्यक्ष प्रवीणकुमार कार्की, प्रदेश १ आइटिएफ उपाध्यक्ष चतुरलाल चौधरी, सचिव नवीन तामाङ, ६ र ७ वडाका अध्यक्षहरु खडग बस्नेत र मोहनप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष ताराबहादुर काफ्लेले खेलकुद क्षेत्रले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने, शारीरिक र बौद्धिक रुपले पनि तन्दुरुस्त हुने भएकोले यस क्षेत्रमा लाग्न सबै उत्प्रेरित हुनुपर्ने बताए ।

त्यसैगरी नेपाल इन्टरनेशनल तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष कार्कीले तेक्वाण्डो खेलको विकास र यस खेलप्रति आकर्षण बढाउन राज्यले लगानी गरिनुपर्नेमा जोड दिए।       

 

सम्बन्धित खवर