बलिउड अभिनेता विक्की कौशलले अभिनेत्री कट्रिना कैफसँग केही समयअघि विवाह गरे । कट्रिनासँग ‘रियल’मा विवाह गरेका विक्कीले अभिनेत्री साराअली खानसँग ‘रिल’मा बिहे गरेका छन् ।सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भिडियो र तस्वीरमा सारा र विक्की विवाहमा खुशी देखिएका छन् ।
यो चलचित्र ‘लुकाछुपी २’मा समावेश दृश्य हो । विवाहको दृश्य प्रगत औद्योगिक केन्द्रमा रहेको पुष्प वाटिकामा आयोजना गरिएको थियो । विवाहका लागि भव्य मण्डप समेत तयार गरिएको थियो । वास्तविक विवाह जस्तै रिलको बिहेमा पनि पाहुनाहरुको उपस्थिति रहेको थियो ।
चलचित्रको छायांकनका लागि आरआर कैट रोडमा रहेको पुष्प वाटिकालाई सजाइएको थियो । यो चलचित्रको छायांकन केही दिनदेखि विभिन्न स्थानमा चलिरहेको छ । क्रिश्चियन कलेज, कुटुम्ब न्यायालयमा पनि चलचित्रको छायांकन भएको थियो ।