साउथ फिल्म सफल हुनुको कारण भारतीय संस्कृतिसँग जोडिनु : कंगना रनावत - Crazysaptahik.com

साउथ फिल्म सफल हुनुको कारण भारतीय संस्कृतिसँग जोडिनु : कंगना रनावत

बलिउड अभिनेत्री कंगना रनावतले भारतीय संस्कृतिसँग जोडिएकाले नै साउथ चलचित्र सफल भएको बताएकी छन् । पारिवारिक नाता र परम्परालाई पर्दामा उतारेकै कारण साउथ चलचित्रलाई पूरै भारतले रुचाउन थालेको उनको भनाइ छ । एक ट्वीट गर्दै कंगनाले साउथ चलचित्रबाट बलिउडले पनि केही सिक्नुपर्ने उल्लेख गरेकी छन् ।

पाश्चात्य प्रभावबाट टाढा रहेर पनि चलचित्र निर्माण गर्न सकिन्छ भन्ने विषय साउथबाट सिक्न सकिने उनले बताएकी छन् । बलिउडकी स्टार अभिनेत्री कंगनाका केही चलचित्र दर्शकमाझ आउँदैछन् । जसमा ‘धाकड’, ‘तेजस’ लगायत छन् ।

यी दुवै चलचित्र चाँडै सिनेमा हलहरुमा रिलिज हुने जनाइएको छ । हाल कंगना आफ्नै प्रोडक्सन हाउसको पहिलो चलचित्र ‘टिकु वेड्स शेरु’को छायांकनम व्यस्त छिन् । यो चलचित्रमा नवाजुद्दिन सिद्दिकी र अवनित कौरको मुख्य भूमिका रहेको छ ।

 

सम्बन्धित खवर