साउथ सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण - Crazysaptahik.com

साउथ सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण

दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार चिरञ्जीवी कोरोना संक्रमित भएका छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका हुन् । ‘प्रिय फ्यान, सबै सावधानी अपनाउँदा पनि मेरो कोरोना रिपोट पोजेटिभ आएको छ ।

मलाई हल्का लक्षण देखिएको थियो’ उनले ट्वीटमा भनेका छन् । आफु घरमा रहेको समेत बताएका उनले पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकालाई कोरोना टेष्ट गर्न अनुरोध पनि गरेका छन् ।

चिरञ्जीवी छिट्टै फिल्म ‘आचार्य’ मा देखिँदैछन् । फिल्ममा उनको अलवा रामचरण, काजल अग्रवाल र सोनु सुदको समेत मुख्य भूमिका छ ।

सम्बन्धित खवर