पल र दुर्गेशको सम्बन्ध चिसिएको हो ? - Crazysaptahik.com

पल र दुर्गेशको सम्बन्ध चिसिएको हो ?

डेढ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘बहिष्कार’ लगायतका गीतको भिडियोमा अभिनय गरे ।‘हे माया’, ‘भिटामिन यू’, ‘तामा पित्तल’ जस्ता यी दुईको सहकार्य रहेका एकपछि अर्को म्युजिक भिडियो समेत सार्वजनिक भए ।

कतिपय ठाउँमा राहत सामग्री समेत लिएर यी दुई सँगै पुगेका थिए । कार्यक्रममा समेत सँगै पुग्ने गरेका यी दुईले अन्तर्वार्तामा एकअर्काको खुलेर प्रशंसा गर्दथे । सांगीतिक बजारमा यी दुईको मित्रताको निकै चर्चा हुने गरेको थियो ।

तर पछिल्लो समय पल र दुर्गेशको सहकार्य भएका म्युजिक भिडियोहरु दर्शकले हेर्न पाएका छैनन् । यता कार्यक्रमदेखि अन्तर्वार्तामा समेत यी दुई सँगै नदेखिएको धेरै भएको छ । यसले बजारमा चर्चा चल्न थालेको छ, अहिले पल र दुर्गेशको सम्बन्ध चिसिएको छ ।

यी दुईको सम्बन्ध चिसिएकाले सँगै देख्न छाडिएको पल र दुर्गेशका निकटस्थहरु नै बताउँछन् । दुर्गेशले भने आफूहरु आ–आफ्नो काममा व्यस्त भएकाले पहिलेजस्तो सँगै नदेखिएको बताए । उनले भने, ‘पहिला–पहिला हाम्रो सुटिङ कम हुन्थ्यो, हामी सँगै हुन्थ्यौं । अहिले दुवै आ–आफ्नो काममा व्यस्त छौं ।

त्यसैले भेटघाट कम भएको हो । सँगै नदेखिएको हो ।’उनले पछिल्लो समय दुई साताअघि आफूहरुको भेट भएको बताए । अहिले व्यस्तताका कारण नियमित भेटघाट नभएपनि कुराकानी भने भइरहने उनले बताए ।बजारमा त सम्बन्ध चिसिएको हल्ला छ ? भन्ने प्रश्नमा उनले भने, ‘बाहिर त जे नि भन्छन् । बाहिरको कुरा सुन्ने हो भने यहाँ पागल भइन्छ ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.