‘एभेन्जर्स’ अभिनेता जेरेमी रेनर आईसीयूमा - Crazysaptahik.com

‘एभेन्जर्स’ अभिनेता जेरेमी रेनर आईसीयूमा

हिमआँधीको असरका कारण गम्भीर घाइते भएपछि हलिउड अभिनेता जेरेमी रेनरको शल्यक्रिया गरिएको छ । छातीको दुखाइ र हाडजोर्नीको चोटबाट ग्रस्त रेनरको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको हलिउड म्यागजिन भेराइटीले जनाएको छ ।

प्रवक्ताका अनुसार उनको अवस्था गम्भीर तर स्थिर छ । ‘जेरेमीको परिवार उनलाई हेरचाह गर्ने चिकित्सक र नर्सप्रति कृतज्ञता व्यक्त गर्दछु,’ अभिनेताका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘फ्यानको माया र सद्भावप्रति हामी गौरवान्तित छौं ।’

नयाँवर्ष २०२३ को पहिलो दिन रेनर मौसमसम्बन्धी दुर्घटनामा घाइते भएका थिए । नजिकको अस्पतालमा लगिएपछि उनको शल्यक्रिया गरिएको थियो । अभिनेता रेनरले अमेरिकाको वासी काउन्टीमा घर बनाएका थिए ।

नयाँवर्षको पूर्वसन्ध्यामा उत्तरी नेभाडा क्षेत्रमा आएको हिमआँधीले सो क्षेत्र नै डुबानमा परेको थियो । त्यहाँका ३१ हजारभन्दा बढी मानिस बिजुलीबाट वञ्चित रहे । अहिले चलिरहेको मार्भल सिनेम्याटिक युनिभर्समा अभिनेता जेरेमीले हकी अर्थात् क्लिन्ट बार्टन पात्रको भूमिकामा अभिनय गरिरहेका छन् ।

‘द हार्ट लकर’ र ‘द टाउन’बाट उनी दुईपटक ओस्कार अवार्डमा मनोनित पनि भएका छन् ।मार्भल सिनेम्याटिक युनिभर्सका यी चर्चित अभिनेताको समेत नेपालमा ठूलै फ्यान फलोइङ छ ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘एभेन्जर्स : एन्डगेम’ नेपालमा समेत रिलिज भएको थियो ।मिसन इम्पोसिबल, क्याप्टेन अमेरिका, एभेन्जर्स उनका विश्वचर्चित फिल्महरु हुन् । यी सबै फिल्मले नेपाली बक्स अफिसमा उछाल कमाइ गरेका छन् ।

सम्बन्धित खवर