राष्ट्रिय बालनाटक महोत्सवका लागि स्क्रिप्ट आवेदन खुला - Crazysaptahik.com

राष्ट्रिय बालनाटक महोत्सवका लागि स्क्रिप्ट आवेदन खुला

शैली थिएटरले काठमाडौंमा राष्ट्रिय बालनाटक महोत्सव आयोजना गर्ने भएको छ । माघको अन्तिम साता वा फागुनको दोस्रो साता महोत्सवको १४ औं संस्करण गरिने शैली थिएटरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शैली नाटकघर रातोपुल र रुसी सदन कमलपोखरीमा महोत्सव हुन लागेको हो । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा भर्चुअल रुपमा महोत्सव सम्पन्न भएको थियो । यसपटक भौतिक रुपमै कार्यक्रम गर्न लागिएको हो ।

महोत्सवमा सहभागी हुन चाहने व्यक्ति, संघसंस्था, नाट्य समूह, विद्यालय तथा इच्छुकले पुस १० देखि २५ गतेसम्म नाटकको स्क्रिप्ट दर्ता गर्न सक्ने भएका छन् । आयोजकले दर्ताका लागि केही सर्त राखेको छ ।

जसमा नाटकको कथावस्तु बालबालिकासँग सम्बन्धित हुनुपर्ने तर जुनसुकै उमेरकाले अभिनय गर्न सक्ने जनाइएको छ । यसअघि मञ्चन भइसकेका बालनाटकलाई पनि मौका दिइने भएको छ । राष्ट्रिय अखण्डतामा आँच पुयाउने नाटकले भाग लिने नपाउने भएका छन् ।

नाटकको लम्बाइ ३० मिनेटदेखि ७५ मिनेटसम्म हुनुपर्ने छ । एकल वा समूहगत दुवै संरचनामा नाटक बनाउन पाइने भएको छ ।

सम्बन्धित खवर