अभिनेत्री तथा मिस नेपाल इन्टरनेसनल–२०१२ शुभेच्छा खड्काले आफ्नो प्रेम जीवन सार्वजनिक गरेकी छन् । आइतबार चितवनको बाराही जंगल लजमा आयोजित बर्थडे पार्टीमा शुभेच्छालाई प्रेमी आश्वासन जोशीले घुँडा टेकेरै विवाह प्रस्ताव राखे ।
इन्स्टाग्राममा यसबारे जानकारी दिंदै शुभेच्छाले आफूले सरप्राइज पाएको भन्दै औंठी पनि देखाएकी छन् । विवाह प्रस्ताव राखेपछि यी दुईले चुम्बनसहितका रोमान्टिक तस्वीर पनि सेयर गरेका छन् ।
‘उसको बर्थडे थियो तर मैले सरप्राइज पाएँ,’ उनले पोस्टमा लेखेकी छन् ।आश्वासन चाहिं बर्थडेकै लागि भनेर अमेरिकादेखि नेपाल आएको जनाइएको छ ।
चार वर्षअघि शुभेच्छाको फिल्म ‘रणवीर’ प्रदर्शनमा आएको थियो तर यसले बक्स अफिसमा जादू देखाउन सकेन । शुभेच्छाले पछिल्लो समय मोडलिङलाई निरन्तरता दिंदै आएकी छन् ।