किन छाडे विपिनले बलिउड फिल्म ‘एनिमल’ ? - Crazysaptahik.com

किन छाडे विपिनले बलिउड फिल्म ‘एनिमल’ ?

विश्वको आकर्षणको केन्द्र बलिउडका लागि नेपाली कलाकार मरिहत्ते गर्छन् । त्यसको पछिल्लो उदाहरण अभिनेता विपिन कार्की पनि हुन् । विपिनले २ बर्षदेखि बलिउड फिल्म ‘एनिमल’ का लागि मिहिनेत गरे । अहिले आएर उनले फिल्म छोडेका छन् ।

विपिनले ‘कबीर सिंह’ निर्देशन सन्दिप रेड्डी वंगाको फिल्म ‘एनिमल’ दुई व्र्ष अगाडि साइन गरेका थिए । त्यसका लागि उनी नेपाल र मुम्बई धेरैपटक ओहार दोहोर पनि गरे । बलिउड फिल्मको चक्करमा उनले धेरै नेपाली फिल्म छोडे ।

तर अहिले भने उनले बलिउड फिल्म ‘एनिमल’ छोडेका छन् । विपिन अहिले फिल्म ‘प्रसाद २’ को छायांकनमा व्यस्त छन् । यही समय उनलाई फेरि ‘एनिमल’ का लागि बोलावट आएको थियो । व्यस्तताका कारण उनले बलिउड फिल्मबाट हात झिकेको छन् ।

रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्दना जस्ता नामी कलाकारको अभिनय रहेको फिल्मबाट डेब्यू गर्दा बलिउडले आफूलाई स्वीकार गर्ने उनको विश्वास थियो । तर नेपालमै भ्याइनभ्याइ भएका कारण आफुले फिल्म नगर्ने जवाफ दिएको विपिनले बताए ।

विपिनका अनुसार उनलाई ६ दिनभित्रै बोलाइएको थियो । यहाँ सुटिङ भइरहेको प्रसाद २ अभै १४ दिन छाड्न नमिल्ने भएका कारण ‘एनिमल’ छोडेका हुन् । यतिबेला विपिनको हातमा नेपाली फिल्म ‘डामाडोल’, ‘चंगा चेट २’, ‘महाजात्रा’, ‘विवेक’ लगायत आधा दर्जन बढी फिल्म छन् ।

सम्बन्धित खवर