‘दिलमाया २’ ले वीरगञ्जमा गरे विशेष शो - Crazysaptahik.com

‘दिलमाया २’ ले वीरगञ्जमा गरे विशेष शो

राजु गिरीको निर्देशन रहेको फिल्म ‘दिलमाया २’ को विशेष शो गरिएको छ । सोमबार वीरगञ्जमा आयोजित बिशेष शोमा नेकपा एमालेमा प्रतिनिधिसभा सांसद राजकुमार गुप्ता, फिल्मकर्मी र केही सर्वसाधारणको उपस्थिति रहेको थियो ।

वीरगञ्जस्थित त्रिमुर्ति हलमा आयोजित शो मा फिल्मले हेर्नेले मनपरेको प्रतिक्रिया दिए । देशका विभिन्न शहरमा च्यारिटीका लागि परीक्षण स्वरुप फिल्मको विषेश शो गरिएको निर्देशक गिरीले बताए ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा किरण नेपाली, सेन्जल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, मिठु मारकन हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय छ।

बिष्णु मिराकर र सुस्मिता खत्रीलेको छायांकन रहेको फिलममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ । शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले मिलेर निर्माण गरेको फिल्ममा अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र देव महर्जनको द्धन्द्व समेटिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.