रेमो डिसुजाको ‘स्ट्रिट डान्सर’ श्रृंखलालाई मनोज बाजपेयीले निर्देशन गर्ने - Crazysaptahik.com

रेमो डिसुजाको ‘स्ट्रिट डान्सर’ श्रृंखलालाई मनोज बाजपेयीले निर्देशन गर्ने

प्रत्येक फिल्मको आफ्नै भाग्य हुन्छ । निर्देशक रेमो डिसुजाको अर्को निर्देशन पनि त्यसैको प्रमाण हो । स्ट्रीट डान्सर थ्रीडी (२०२०) पछि डिसुजा आफ्नो अर्को निर्देशन गर्न तयार छन् ।

डिसुजाले सुरुमा डिजिटल प्लेटफर्ममा डेब्यु गर्दै नृत्यमा आधारित डिजिटल शृंखला निर्देशन गर्ने थियो । यसका लागि अभिनेता अवनित कौर फाइनल भइसकेका थिए । कोरियोग्राफर तथा निर्देशकले आफ्नो अभिनेताको रुपमा अहिले चलिरहेका कुनै एक्टरलाई लिन चाहन्थे ।

उसका लागि उनको दिमागमा इशान खट्टरलाई लिएर योजना बुनिएको थियो तर उक्त प्रोजेक्ट अहिले रोकिएको छ । यसैबीच, डिसुजा अर्को प्रोजेक्टतर्फ लागेका छन् जुन फिल्मलाई राष्ट्रिय फिल्म पुरस्कार विजेता अभिनेता मनोज बाजपेयीले निर्देशन गर्नेछन् ।

बाजपेयी पहिलो दिनदेखि नै यसमा संलग्न रहेको हिन्दूस्तान टाइम्सले जनाएको छ । यस वर्षको मध्यबाट फिल्म सुटिङ हुने जनाइएको छ । ‘यो रेमोका लागि विशेष फिल्म हो । यो कुनै नृत्यमा आधारित फिल्म होइन र वास्तविक जीवनमा आधारित हुनेछ ।

फिल्म निकै प्रारम्भिक चरणमा छ । प्रि–प्रोडक्सनबारेको बैठक यसै साता हुनेछ,’ स्रोतले भन्यो ।अर्कोतर्फ, बाजपेयी निकट स्रोतले समाचारलाई पुष्टि गरेका छन् । उनीहरुले भने, ‘वार्ता जारी छ । अधिकांश विषयमा रचनात्मक सम्झौता भएको छ तर सम्झौतामा हस्ताक्षर हुन बाँकी छ ।’

सम्बन्धित खवर