मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भए आर्यन - Crazysaptahik.com

मधुसुदन भट्टराईले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भए आर्यन

‘डिसेम्बर फल्स’ हलमा चलिरहँदा अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । प्रायः प्रेमकथा र एक्सन फिल्ममा देखिंदै आएका सिग्देलको यो फिल्म भने ग्रामीण कथावस्तुमा आधारित हुनेछ ।

शीर्षक तय भइनसकेको फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गर्ने भएका छन् । मधुसुधनले यसअघि ब्ल्याकमेल, ब्ल्याकनाइट, निर्भय र सुकुलगुण्डा निर्देशन गरिसकेका छन् । आगामी फिल्म नेपाल र यूएईको दुबईमा छायांकन हुनेछ ।

पटकथा लेखक लक्ष्मण सुवेदीले ग्रामीण जीवनको सुख–दुःखमा फिल्म आधारित हुने बताए । ‘आर्यनको करिअरमा यो फिल्म महत्वपूर्ण हुन सक्छ,’ सुवेदीले  भने । आर्यनको अपोजिटमा अभिनेत्री तय भएका छैनन् ।

बुधबार निर्माता र अभिनेता आर्यनबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो । जय माँ दुर्गे फिल्म्स प्रािलको ब्यानरमा बन्ने फिल्मको निर्मातामा छिरिङ तेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले छन् ।

सम्बन्धित खवर