फिल्म तथा म्युजिक भिडियो दुबैमा देखिने अभिनेत्री हुन्, स्वस्तिमा खड्का । पछिल्लो समय उनी ‘चिसो मान्छे’ मा देखिएकी थिइन् । स्वस्तिमालाई अहिले विहेले छपक्कै छोएको छ ।
विशेषगरी अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसीको विवाह समारोहको मेहेन्दीदेखि विवाह समारोहसम्म उनी सहभागी भएकी थिइन् । उक्त विवाह समारोहमा बाजामा उनले नाचेको भिडियो समेत सामाजिक संजालमा देख्न सकिन्छ ।
बुधबार आयोजना हुने विवाह भोजमा पनि उनी सहभागी हुने पक्का छ । स्वस्तिमाले बिहेको घन्टी भन्दै सामाजिक संजालमा केही तस्विर समेत पोष्ट गरेकी छिन् । तस्बिरमा उनी सारीमा सजिएकी छिन् ।
सारीमा उनको सौन्दर्य खुलेको समेत देख्न सकिन्छ । स्वस्तिमा पहिरनको राम्रो ज्ञान भएकी नेपाली अभिनेत्रीमा पर्दछिन् । सारीमा उनी धपक्कै बलेकी छिन् । तस्बिरमा चश्मा समेत लगाएकी उनको सुन्दरताले फ्यानलाई मोहित बनाएको छ ।
तस्बिरलाई सकारात्मक कमेन्ट समेत मिलिरहेको छ । एलबि मोक्तान तामाङ नामक एक फ्यानले भने कमेन्टमा आमा कहिले बन्ने भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘तपाईं चाहिँ मा कहिले बन्नु हुने नि ?’