नोरासँग होइन पाकिस्तानी अभिनेत्रीसँग डेट गर्दैछन् शाहरुखका छोरा आर्यन - Crazysaptahik.com

नोरासँग होइन पाकिस्तानी अभिनेत्रीसँग डेट गर्दैछन् शाहरुखका छोरा आर्यन

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन यतिबेला प्रेम जीवनले चर्चामा छन् । हालै उनले मोडल तथा डान्सर नोरा फतेहीलाई डेट गरिरहेको खबर आएको थियो । तर यी सबैको बीचमा अहिले उनी पाकिस्तानी अभिनेत्री सादिया खानसँग डेट गरिरहेको बताइएको छ ।

वास्तवमा यी दुवैको एकसाथको तस्वीर बाहिर आएको छ, जसलाई हेरेर फ्यानले उनीहरुको अफेयर नोरासँग नभएर सादियासँग रहेको अनुमान गरेका छन् । उक्त फोटोमा आर्यन रातो टिसर्ट र सेतो कोटमा देखिएका छन् ।

जहाँ सादिया कालो पहिरनमा देखिएकी छन् । यो तस्वीरमा आर्यन र सादिया क्यामेराको अगाडि पोज दिइरहेका छन् । तस्वीर सामाजिक सञ्जाल स्टोरीमा सेयर गर्दै सादियाले लेखेकी छिन्, ‘थ्रोब्याक टु न्यु इयर इभ’।

यो तस्वीर हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘आर्यनको प्रेमिका नोरा होइन सादिया हुन् । यसै क्रममा केही प्रयोगकर्ताले आर्यन र सादियाको बचाउ गर्दै लेखेका छन्,

’दुवैको सँगै फोटो राख्नुको मतलब यो होइन कि दुवै एकअर्कालाई डेट गरिरहेका छन् ।’ केही दिनअघि आर्यन र नोराको डेटिङको खबर बाहिर आएको थियो । यी तस्वीर हेरेपछि फ्यानले दुवै जना एकअर्कालाई डेट गर्दै सँगै समय बिताउन दुबई गएको अनुमान गरेका छन् ।

तर यी कुराहरू अहिलेसम्म कसैले पुष्टि गरेका छैनन् । शाहरुख खानका छोरा आर्यनले हालै आफ्नो पहिलो प्रोजेक्ट घोषणा गरेका छन् । उनले आफैंले सामाजिक सञ्जालमा यसबारे पोस्ट सेयर गर्दै जानकारी दिएका हुन् ।

आर्यनले यसै प्रोजेक्टबाट निर्देशकको रुपमा आफ्नो करियर सुरु गर्नेछन् । पोस्टमार्फत आर्यनले लेख्ने काम लगभग सकिएको र छिट्टै रेड चिल्लिज प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन सुरु हुने जनाए ।

सम्बन्धित खवर