कार्तिक आर्यनसँग मिलेर बक्स अफिसमा जादू छर्ने मनिषा कोइरालाको आशा - Crazysaptahik.com

कार्तिक आर्यनसँग मिलेर बक्स अफिसमा जादू छर्ने मनिषा कोइरालाको आशा

ब्लकबस्टर वर्ष २०२२ पछि कार्तिक आर्यन आफ्नो आगामी फिल्म ‘शहजादा’मार्फत दर्शकलाई मनोरञ्जन दिलाउन तयार छन् । गत महिना यी अभिनेताको जन्मदिनमा सार्वजनिक गरिएको फिल्मको फस्टलुकले दर्शकलाई झनै कौतुहल तुल्याएको छ ।

कार्तिक यो फिल्मबाट आधिकारिक रुपमा निर्माता पनि बनेका छन् । ‘शहजादा’को रिमेकमा कृति सेनन र मनिषा कोइराला पनि फिचर्ड छन् । मनिषाले कार्तिकसँग सुटिङको अनुभवको बारेमा खुलाइन् र उनको प्रशंसा गरिन् ।

‘मलाई लाग्छ कार्तिक आर्यन धेरै प्रतिभाशाली, मेहनती र नम्र व्यक्ति हो । उसले क्यारेक्टर बुझ्छ र केही नयाँ ल्याउँछ । मलाई उसले बनाएका फिल्मको छनोट पनि मनपर्छ । उद्योगमा उसको भविष्य उज्वल छ ।’

आगामी फिल्मको बारे कुरा गर्दै उनले भनिन्, ‘मैले शहजादालाई पहिले नै साइन गरेको थिएँ र यो ठूलो कमर्सियल सेटअप हो । हामी यसलाई फेब्रुअरीमा रिलिज गर्दैछौं । यसले राम्रो आकार लिएको छ ।

त्यसैले म रिलिजको लागि पर्खिरहेको छु ।’ कार्तिक, कृति र मनिषाले फेब्रुअरी १० मा ‘शहजादा’ रिलिजसँगै बक्स अफिसमा जादू सिर्जना गर्ने आशा गरेका छन् ।

कार्तिक आर्यनसँग फिल्मको एक रोचक लाइनअप पनि छ जसमा ‘आशिकी ३’, ’सत्यप्रेम की कथा’, ’क्याप्टेन इण्डिया’ र कबीर खानको अनटाइटल नेक्स्ट समावेश छन् ।

सम्बन्धित खवर