आनी छोइङसँग गीत रेकर्ड गर्न बलिउड संगीतकार अजय–अतुल काठमाडौंमा - Crazysaptahik.com

आनी छोइङसँग गीत रेकर्ड गर्न बलिउड संगीतकार अजय–अतुल काठमाडौंमा

गायिका आनी छोइङ डोल्मा र चर्चित बलिउड संगीतकार तथा गायक अजय–अतुलबीच सांगीतिक सहकार्य हुने भएको छ। बलिउड फिल्म निर्माण कम्पनी रिलायन्स इन्टरटेनमेन्टको मुम्बईस्थित अडिटोरियमको शुभारम्भ समारोहका लागि प्रस्तुत गरिने गीतमा आनीले स्वर दिएकी छन् ।

गीतको कम्पोज बलिउडका ए–लिस्टर संगीतकार अजय र अतुलले गर्दैछन् । यसैसाता नेपाल आएका यी दाजुभाइ संगीतकार सोमबार मुम्बई फर्किएका छन् । बालाजुको एक रेकर्डिङ स्टुडियोमा अजय–अतुलको संगीतको उक्त गीतमा आनीले स्वर दिइन् ।

भारतवर्षमा भएका सबै धर्म, सम्प्रदाय र युगलाई समेट्ने किसिमले कम्पोज भइरहेको उक्त गीतमा आनीले बौद्ध धर्मको तर्फबाट गीत गाएकी हुन् । ‘हामीले दुई दिन लगाएर उक्त गीतको रेकर्ड ग¥यौं,’  आनीले भनिन् ।

फिरोज अब्बास खानले निर्देशन गर्ने उक्त कार्यक्रममा बलिउडका यी नामी संगीतकारले गीत प्रस्तुत गर्दैछन् । संगीत रेकर्ड गर्नैका लागि उनीहरु काठमाडौं आइपुगेको आनीले जानकारी दिइन् ।

आनीका लागि यो अर्को हाइप्रोफाइल बलिउड सहकार्य हो । भारतको ठूलो फिल्म निर्माण कम्पनी र मल्टिप्लेक्स चेन समेत रहेको धनाढ्य अनिल अम्बानीको यो कम्पनीको नेपाली फिल्मसँग पनि आफ्नै सम्बन्ध छ ।

कमलपोखरीस्थित बिग मुभिजको निर्माण रिलायन्सले गरेको थियो तर घाटामा पुगेपछि उक्त हल बिक्री भएको थियो । कामको कुरा गर्दा आनी छोइङले भारतका मुम्बई र चेन्नईमा कन्सर्ट आयोजना गर्दैछिन् ।

यसबाहेक अन्य मुलुकमा समेत उनको सांगीतिक अभियान हुँदैछ । पर्यावरण, समाज र आध्यात्मिक किसिमका गीत भए पाश्र्वगायनमा पनि अघि बढ्ने उनको सोच छ ।

सम्बन्धित खवर