यसवर्षको गोल्डेन ग्लोब्स अवार्ड नेपाली समयानुसार बुधबार बिहान प्रदान गरिएको छ । ‘द फाबेलम्यान्स’ र ‘द ब्यान्सिज अफ इनिसिरिन’ले फिल्मको विधातर्फ बाजी मारे भने ‘एबट एलिमेन्टरी, हाउस अफ द ड्रयागन र द व्हाइट लोटस’जस्ता सिरियलले टेलिभिजन कार्यक्रमतर्फ उपाधि जिते ।
ओस्कार अवार्डपछिको विश्व प्रतिष्ठित मानिने यो अवार्डमा भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ले मौलिक गीततर्फको विधामा गोल्डेन ग्लोब्स जित्यो । ‘द ब्यान्सिज अफ इनिसिरिन’ फिल्मले मित्रताबीच आउने संकटलाई हास्य शैलीमा प्रस्तुत गर्छ ।
यसले पटकथा र कोलिन फारेलको शीर्ष अभिनयसहित तीन पुरस्कार जित्यो । बाल्यकालीन अनुभव समेटिएको स्टिभन स्पिलवर्गको फिल्म ‘द फाबेलम्यान’ले निर्देशनतर्फ पुरस्कार जित्यो ।
अभिनेतातर्फको पुरस्कार अस्टिन बटलरलाई दिइयो, जसले फिल्म ‘एल्विस’मा एल्विस प्रेस्लीको भूमिकामा अभिनय गरेका थिए । अभिनेत्रीतर्फको पुरस्कार फिल्म ‘टार’बाट केट ब्ल्यान्चेटलाई दिइयो, जुन फिल्ममा उनले शोषित कामदारको भूमिका निर्वाह गरेकी छन् ।
अवार्ड विजेताको सूची
उत्कृष्ट फिल्म, ड्रामा : द फाबेलम्यान्स (युनिभर्सल पिक्चर्स)
बेस्ट फिल्म, म्युजिकल वा कमेडी : द ब्यान्सिज अफ इनिसिरिन (सर्चलाइट पिक्चर्स)
उत्कृष्ट निर्देशक, मोसन पिक्चर : स्टिभन स्पिलवर्ग (द फाबेलम्यान्स)
उत्कृष्ट पटकथा, मोसन पिक्चर : द ब्यान्सिज अफ इनिसिरिन– मार्टिन म्याकडोनाघ
उत्कृष्ट अभिनेता, फिल्मतर्फ : अस्टिन बटलर (एल्विस)
उत्कृष्ट अभिनेत्री, फिल्मतर्फ : केट ब्ल्यान्चेट (टार)
उत्कृष्ट अभिनेत्री म्युजिकल वा कमेडी फिल्मतर्फ : मिसेलशेल योह (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
उत्कृष्ट अभिनेता म्युजिकल वा कमेडी फिल्मतर्फ : कोलिन फारेल (द ब्यान्सिज अफ इनिसिरिन)
उत्कृष्ट सहायक अभिनेत्री, फिल्मतर्फ : एन्जेला बासेट (ब्ल्याक प्यान्थर ः वाकान्डा फरेभर)
उत्कृष्ट सहायक अभिनेता, फिल्मतर्फ : के हुआ क्वान (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
उत्कृष्ट टेलिभिजन सिरिज : एबट एलिमेन्टरी (एबीसी)
उत्कृष्ट अभिनेत्री, टेलिभिजन सिरिजतर्फ : जेन्डाया (युफोरिया)
उत्कृष्ट गैरअंग्रेजी फिल्म : अर्जेन्टिना १९८५ (अर्जेन्टिना)
उत्कृष्ट मौलिक गीत, फिल्मतर्फ : नाटु नाटु (आरआरआर)