अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म - Crazysaptahik.com

अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म

अक्षयकुमार र रकुलप्रीत सिंह स्टारर ‘कट्पुतली’ सन् २०२२ मा ओभर दी टप (ओटीटी) प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने बलिउड फिल्म बनेको छ ।

मिडिया परामर्शदातृ संघ ओरम्याक्सको एक विवरणअनुसार डिज्नी हटस्टारमा रिलिज भएको उक्त मनोवैज्ञानिक थ्रिलर फिल्मलाई २६.९ मिलियन पटक हेरिएको छ । फिल्ममा सरगुन मेहता, जोशुआ लेक्लेयर, चन्द्रचुर सिंह र ऋषिता भट्टको पनि अभिनय रहेको छ ।

ओरम्याक्सको उक्त रिपोर्टअनुसार बलियो कन्टेन्ट भएको फिल्म उत्पादन कम्पनी पूजा इन्टरटेनमेन्टको कारण डिज्नी हटस्टारलाई दर्शकको साथ पाउन सहज भयो ।

उक्त प्लेटफर्मले शीर्ष १५ मध्ये सबैभन्दा धेरै हेरिएका मौलिक शो र फिल्ममध्ये सातवटालाई स्ट्रिमिङ गरेको थियो र कट्पुतली सूचीको शीर्षस्थानमा छ ।

सन् २०२३ मा पूजा इन्टरटेन्मेन्टसँग ‘गणपथ’, ‘क्याप्सुल गिल’, ‘बडे मिया छोटे मिया’, र ‘कर्ण’जस्ता फिल्म लाइनअपमा छन् ।

सम्बन्धित खवर