‘छोरी–२’ को एक्सन सुटिङमा अभिनेत्री नुसरत घाइते - Crazysaptahik.com

‘छोरी–२’ को एक्सन सुटिङमा अभिनेत्री नुसरत घाइते

अभिनेत्री नुसरत भरुचा घाइते भएकी छन् । फिल्म ‘छोरी–२’ को सुटिङका क्रममा उनी घाइते भएकी हुन् । फिल्मको एक्सन दृश्य सुटिङको क्रममा घाइते उनको अनुहार र हातमा चोट लागेको छ ।

फिल्मकी सह–अभिनेत्री इशिता राजले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेकी छन् ।जसमा उनको अनुहारमा टाँका लागेको देखिन्छ । सुटिङका क्रममा उनी घाइते भएको यो पहिलो भने होइन । यसअघि पनि उनी घाइते भएकी थिइन् ।

नुसरतको फिल्म ‘छोरी’ सन् २०२१ मा ओटीटीमा रिलिज भएको थियो । फिल्मले फ्यानबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मको सफलता देखेर निर्माताले २०२१ मा नै दोस्रो भागको घोषणा गरेका थिए । ‘छोरी २’ बाहेक नुसरत ‘सेल्फी’ र ‘अकेली’ नामक फिल्ममा पनि देखिनेछिन् ।

सम्बन्धित खवर