अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन - Crazysaptahik.com

अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन

अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ । ५४ वर्षिया प्रेस्लेको बिहिबार निधन भएको हो । हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारको क्रममा उनको निधन भएको हो ।

लिसाकी आमा प्रिसिला प्रेस्ली चर्चित अभिनेत्री हुन् । उनी केही दिन पहिले गोल्डन ग्लोब अवार्डमा सहभागी भएकी थिइन् । उनी पाँच बर्ष हुदा आमा प्रिसिला र बुबा एल्भिस प्रेस्लेको सम्बन्ध विच्छेद भएको थियो ।

उनका बुबा एल्भिस अमेरिकी चर्चित अभिनेता, गायक तथा संगीतकार थिए । एल्भिसको १९७७ मा मृत्यु भएको थियो । ४ पटक विवाह गरेकी उनले सो लभ्ली, ओभर मी, इडियट, लाइट आउट, नोबडी नोटिस्ड इट लगायत गीतमा स्वर दिएकी छन् ।

सम्बन्धित खवर