सकिराको नयाँ गीतले युट्युवमा रच्यो कीर्तिमान, २४ घण्टामै ६३ मिलियन पटक हेरियो - Crazysaptahik.com

सकिराको नयाँ गीतले युट्युवमा रच्यो कीर्तिमान, २४ घण्टामै ६३ मिलियन पटक हेरियो

पूर्वपति जेरार्ड पिकेले आफूलाई धोका दिएको भन्दै गायिका सकिराले सार्वजनिक गरेको नयाँ गीतले युट्युवको रेकर्ड तोडेको छ । डिस ट्रयाक ‘आउट अफ योर लिग’लाई अपलोड भएको २४ घण्टामै ६३ मिलियन पटक हेरिएको छ ।

उक्त अवधिमा धेरै हेरिने ल्याटिन गीतको कीर्तिमान यसले रचेको छ । ४५ वर्षीया गायिका सकिरा १० वर्षभन्दा बढी समय सँगै बसेपछि २०२२ मा बार्सिलोनाका ३५ वर्षीय पूर्व फुटबलर पिकेसँग अलग भएकी थिइन् ।

चार मिनेटको यो पप गीत साकिरा र अर्जेन्टिनाका निर्माता तथा डीजे बिजारापले सँगै काम गरेको पहिलो पटक हो । सकिराले जे बाल्भिन, लुइस फोन्सी र ड्याडी यान्कीजस्ता ल्याटिन संगीतकर्मीको युट्युव रेकर्डलाई तोडेको बीबीसीले जनाएको छ ।

ब्रेकअपको बारेमा बनेको यो उनको पहिलो गीत भने होइन । तीन महिनाअघि रिलिज भएको गीत ‘मोनोटोनिया’ बदलाको लागि लडिरहेको भन्दा हृदयविदारक गीत थियो । यो डिस ट्रयाकमा सकिराले पिकेकी नयाँ प्रेमिका बारेमा पनि गाएकी छन् ।

 

 

सम्बन्धित खवर