स्वस्तिमा खड्का ‘भष्मे डन’को लिड हिरोइनमा अनुबन्धित - Crazysaptahik.com

स्वस्तिमा खड्का ‘भष्मे डन’को लिड हिरोइनमा अनुबन्धित

दीपेन्द्र के खनालले निर्देशन गर्ने आगामी फिल्म ‘भष्मे डन’को लिड अभिनेत्रीमा स्वस्तिमा खड्का फाइनल भएकी छन् । आइतबार निर्माण कम्पनी र स्वस्तिमाबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ ।

यो फिल्मलाई दीपेन्द्र र खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन् । फिल्ममा स्वस्तिमा ‘भष्मे डन’ अर्थात बिपिन कार्कीको अपोजिटमा प्रस्तुत हुने भएकी छन् । फिल्ममा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको अभिनय हुनेछ ।

आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर फिल्म छायांकन हुने जनाइएको छ । ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि ‘स्पिनअफ’ निर्माण हुन लागेको हो ।

फिल्म घोषणा भएदेखि नै यो प्रोजेक्ट दर्शकमाझ चर्चित छ । ‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले सहकार्य गर्न लागेका हुन् । आगामी दशैं फिल्म रिलिज गर्ने योजना छ ।

सम्बन्धित खवर