‘प्रसाद २’ ३१ दिनमा सकियो - Crazysaptahik.com

‘प्रसाद २’ ३१ दिनमा सकियो

 

फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । नियमित ३१ दिनको छायाङ्कनपछि फिल्म सहिएको हो । निर्देशन सुदर्शन थापाले फिल्मको छायाङ्कन सकिएको जानकारी दिए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भएको फिल्म एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । सुदर्शन बस्नेतको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता सुवास थापा हुन् ।

विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको मुख्य भूमिका छ ।

राजेश श्रेष्ठको छायाङ्कन, राजनराज सिवाकोटीको सङ्गीत रहेको फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । फिल्मकोछायाङ्कनसकिएको दिन निर्माणपक्षले प्रदर्शन मिति समेत तय गरेको छ । फिल्म वि.सं २०८० सालको बैशाख १ गते रिलिज निर्देशक थापाले बताए ।

सम्बन्धित खवर