‘मनसँग मन’ को टिजरमा वर्षाका लागि छल्कियो पुष्पको प्रेम - Crazysaptahik.com

‘मनसँग मन’ को टिजरमा वर्षाका लागि छल्कियो पुष्पको प्रेम

२७ माघबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मनसँग मन’ को टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले माघेसंक्रान्तिको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेको हो ।टिजरमा फिल्मका मुख्य कलाकार पुष्प खड्का र नायिका वर्षा सिवाकोटी देखिउका छन् ।

टिजरमा वर्षा र पुष्पको प्रेमलाई झल्काउने कोशिस गरिएको छ । फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शमाको समेत एउटा नृत्य छ । फिल्ममा वर्षा र पुष्पको अलवा वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् ।फिल्ममा अरुण तामाङको लगानी छ ।

अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ । फिल्ममा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ ।

सम्बन्धित खवर