एकै स्टेजमा एकसाथ चार जना विजेता छानिएका छन् । आगन्तुक रिसोर्ट धुलिखेलमा भएको ‘किड्स प्लानेट इन्टरनेसनल २०२३’मा जुनियर र सिनियर गरेर एकसाथ चार जना विजेता छानिएका हुन् ।
प्रतियोगितामा रिदम दाहालले जुनियर केटातर्फको शीर्ष उपाधि चुम्दा जुनियर केटीतर्फको शीर्ष उपाधि इप्सु दाहालले हात पारिन् । त्यस्तै सिनियर केटातर्फ रिनम राज केसी र सिनियर केटीतर्फ योहाना मानन्धर शीर्ष विजेता घोषित भए ।
कार्यक्रममा रिदमले लिडरसिप, इप्सुले मोस्ट कन्फिडेन्ट, रिनमले पर्सनालिटी र याहानाले फोटोजेनिक उपशीर्षकको उपाधि समेत हात पारे । कार्यक्रममा जुनियर केटातर्फ श्रेयान्स मानन्धर फस्ट रनरअप र आदर्श बन्जारा सेकेन्ड रनरअप घोषित जुनियर केटीतर्फ सिमरन महत फस्ट रनरअप र निर्जला लामा सेकेन्ड रनरअप भए ।
सिनियरमा केटातर्फ सक्षम श्रेष्ठ फस्ट रनरअप, रोनिश ब्यान्जु श्रेष्ठ सेकेन्ड रनरअप घोषित सिनियर केटीतर्फ महारानी शाह ठकुरी फस्ट रनरअप र प्रिन्सा कुँवर सेकेन्ड रनरअप भए ।रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको प्रतियोगितामा अभिनेत्री सञ्चिता लुइँटेल लगायत निर्णायक थिए ।
प्रतियोगिताको उद्देश्य विद्यालयमा अध्ययनरत बालबालिकाको प्रतिभा निखार्नु रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष, फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित गिफ्ट भौचर प्राप्त गरे ।